काठमाडौँ, 12 फरवरी 2022
झापाको मेचीनगर–१४ दुहागढीस्थित भद्रपुर सडकमा रहेको रमपम चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ। झापा,मोरङ इलाम, सुनसरी सम्मका दमकल घटनास्थल तिर आइरहेका छन,अहिले ८ वटा दमकल आगो निभाउन प्रयासरत छन । बिहान ५ बजेबाट लागेको आगो अहिले सम्म निभाउन सकिएको छैन । झापा जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले केही बेरअघि घटनास्थलबाट दिएको जानकारीअनुसार आगलागी नियन्त्रणको प्रयास जारी छ।









































