नयाँ दिल्ली डेस्क, 26 अप्रेल
मेची-महाकाली जागरण अभियान भारतले हरियाणामा बस्दै आएको नेपाली परिवारलाई खाद्यान्न वितरण गरेको छ। जारी लकडाउनका कारण आर्थिक समस्या भइ खानाको समेत समस्या भएको बझाङ जिल्ला थलारा गाउँपालिका वडा नम्बर 5 स्थायी घर भइ हाल भारतको हरियाणास्थित फरिदावाद सेक्टर 31 मा बस्दै आएको एक परिवारलाई खाद्यान्न सहित अत्यावश्यक राहत सामग्री सहयोग गरिएको हो। मेची-महाकाली जागरण अभियान भारतका अध्यक्षको पहलमा उक्त परिवारलाई राशन उपलब्ध गराइएको हो।

मेची महाकाली जागरण अभियान भारतले भारतको विभिन्न स्थानमा लकडाउनको कारण समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आएको छ। अभियानले आगामी दिनहरूमा पनि भारतमा अलपत्र परेका नेपालीहरूलाई सहयोग गर्न सदैव तत्पर रहने जनाएको छ।









































