HomeTrending Newsमेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

मेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

मेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं, 8 जुन 2023 | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। बिहीबार सभागृहस्थित रहेको मेयर बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो । भारतको नयाँ संसद भवनमा नेपाली भूमी समेटिएको ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उनले कार्यकक्षमा राखेको बुझिएको छ ।

balen shah

मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिवले जानकारी दिए । बालेन साह यतिबेला भारतको बैंगलोरमा छन् । उनको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको नक्सा राखेको स्वकीय सचिवले बताए ।

‘नेपालको गर्विलो इतिहास छ । त्यो इतिहास झल्काउने नक्सा राखिएको हो । मेयर सापकै निर्देशनमा राखेका हौं ।’ स्वकीय सचिवले भने ।

greater nepal

बालेनले आफू स्वदेश फर्किएपछि सो नक्सा सार्वजनिक गर्ने योजना बनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनमा नेपाली भूमिसमेत रहेको ‘अखण्ड भारत’को नक्सा राख्न लगाएपछि अहिले तीब्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश छ । यहाँको सरकारले भने यस विषयमा भारतीय पक्षसँग औपचारिकरुपमा कुरा उठाएको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हालको भारत भ्रमणमा पनि यस विषयमा कुरा उठाउन सकेनन् ।

हालै मात्र प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए ।

ग्रेटर नेपालमा टिस्टादेखि पश्चिममा सतलजसम्मको भूभाग पर्दछ । अंग्रेससँग भएको सुगौली सन्धीबाट नेपालको भूभाग मेचीदेखि महाकालीसम्म सीमित गरिए पनि अहिले अंग्रेजहरुको इष्ट इण्डिया कम्पनी छैन् । सुगौली सन्धी पनि खारेज भइसकेको छ । तर सोही सन्धीअनुसारको भूभाग फिर्ता भइसक्नुपर्नेमा भारतले आफ्नो उपनिवेश बनाएर राखेको छ । तर नेपालका शासकहरुले भने आफ्नो भूमि फिर्ता लिन डराउँदै आएकोमा पछिल्लो समयमा ग्रेटर नेपालको कुरा चर्कोरुपमा उठन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...