HomeFeatureमेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको राष्ट्रिय भेला

मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको राष्ट्रिय भेला

काठमाण्डौ,24 मार्च 2021

मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यसाथ राष्ट्रिय भेला शुरु गरिएको छ। मेरुदण्डीय पक्षघात समुह नेपालको आयोजनामा काठमाडौंमा मंगलबारदेखि ३ दिने भेलाको आयोजना गरिएको हो। भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा मेरुदण्डको पक्षघात भएको व्यक्तिहरुको सहभागिता रहेको छ। भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास सम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारहरुको विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताउनुभयो।

भेलामा सहभागिहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरु हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन। उपचार तथा स्वास्थ्य सामाग्रिको सहज उपलब्धता गराउनुपर्नेमा जोड दिएका छन।

भेलामा सहभागिहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई आफुले सिकेको शिप तालिम बारे आफ्नो प्रदेशमा गएर कार्यक्रमतालिम सञ्चालन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...