काठमाडौं, ७ फरवरी,२०२०
नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै हात नभएको बताएका छन् ।
नेता नेपालले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे भएको दाबी गरे । ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय भएको छैन’, उनले भने, ‘त्यसैले यो विषयमा कतैबाट मुच्छन मिल्दैन। मेरो तर्फबाट गल्ती भएको भए सजाय भोग्न तयार छु।’
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो प्रकरणमा आफू दोषी नरहेको दाबी गर्दै गल्ती गरेको भए त्यसको सजाय भोग्न तयार रहेको बताए । नेता नेपालले आफूले कुुनै गल्ति नगरेको र निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने धारणा व्यक्त गरे ।









































