Homeबिबिध+शिक्षामोंटेस्वोरी स्कुलको प्रगतिले उत्साह बढेको अभिभावकहरु बताउछन

मोंटेस्वोरी स्कुलको प्रगतिले उत्साह बढेको अभिभावकहरु बताउछन

बुटवल १३ बेल्बासमा २०७६ साल बैशाख १ गते स्थापना भएको बेबिस्टार मन्टेस्वरी स्कूलले हिजो आफ्नो वार्सिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बच्चाहरुको उत्कृस्ट पढाइ लेखाइले हाम्रो उत्साह बढेको छ, अभिभावकहरुले एकै स्वरमा भने।

उक्त कार्यक्रम मन्टेस्वरीका अध्यक्ष श्री हेमन्त राज मरासिनीको अध्यक्षता , बुटवल उप महानगरका उपमेयर श्री गोमादेबी आचार्यको प्रमुख आतिथ्यता र बिशिस्ट अथितिमा नगर शिक्षा अधिकृत श्री कमला चुदाली तथा बुटवल १३ जनप्रतिनिधि श्री बिष्णु कुमारी शर्मा हुनुन्थ्यो भने अथितिहरु स्कलर्स होम एकेडेमीका प्राचार्य श्री बाबुराम बन्जाडे,युनिभर्सल मन्टेस्वरी ट्रेनिङ सेन्टर का सन्चालक श्री लक्ष्मी पोख्रेल भुसाल , वडा १३ का सचीव श्री जीवन भट्टराई , जनप्रतिनिधि श्री बेदप्रसाद गैरे र समाज सेवि श्री चेत बहादुर रानाको उपस्थिति थियो ।
मन्टेस्वरीका प्राचार्य श्री गिता बन्जाडेले उपस्थित सम्पुर्ण महानुभावहरुलाइ मन्तब्य द्वारा स्वागत गर्दै बिध्यालयको भावी योजना बारे प्रष्ट पार्नु भएको थियो साथै उपस्थित सम्पुर्णमा नवबर्षको २०७९ सालको शुभकामना व्यक्त गर्नु भएको थियो। भने उपमेयरले अभिभावक तथा मन्टेस्वरीलाइ बच्चाहरुको पौष्टिक आहारको कमि हुन नदिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बाबुराम बन्जाडे, बिष्णु कुमारी शर्मा ,बेद्प्रसाद गैरेले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
युनिभर्सल मन्टेस्वरी तालिम केन्द्रका सन्चालक लक्ष्मी पोख्रेल भुसालले मन्टेस्वरीको सिकाइ पद्धति, बच्चाहरुप्रती अभिभावक तथा शिक्षकरुको भुमिकाको बिशयमा प्रकाश पार्नु भएको थियो । अभिबावकको तर्फबाट यमलाल मरासिनिले मन्तव्य राख्नु भएको थियो ।
करीब ३५० जनाको उपस्तिथि रहेको कार्यक्रममा मन्टेस्वरीका नानी बाबुहरुको रोचक पर्फर्मेन्स रहेको र पुरस्कर बितरण तथा मनोरञ्जनको लागी अभिभावकहरुलाइ कुर्सी दौड खेल खेलाइएको थियो कार्यक्रमको सन्चालन विद्यालयका शिक्षिका अर्चना भट्टराई र शुशिला भट्टराई भुसालले गर्नु भएको थियो।
अध्यक्ष हेमन्तराज मरासिनिले अभिभावकहरुले मन्टेस्वरीप्रति गरेको सहयोग र सद्भावप्रति सम्पुर्ण बिद्यालय परीवार अत्यन्तै आभारी रहेको तथा भबिश्यमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा रहेको जनाउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...