HomeFeatureमोदी शासनका लागि अमित शाह ‘भार’ हुन थालेका हुन् त ?

मोदी शासनका लागि अमित शाह ‘भार’ हुन थालेका हुन् त ?

नयाँ दिल्ली, २२ जनवरी
दिल्ली विधानसभा चुनाव नजिकिदैँ गर्दा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह नरेन्द्र मोदीको शासनमा कहाँ उभिए भन्ने कुराको सङ्केत गर्नेछ ।

यदी उनी चुनावी प्रचारको पोस्टरमा प्रधानमन्त्री नरेन्द्र मोदी र नव–निर्वाचित पार्टी अध्यक्ष जेपी नन्दासँगै देखिए भने उनी सरकारमा दोस्रो वरियतामा कायम रहेको संकेत हुनेछ । तर, चुनावी पोस्टरमा अमित शाह अटाएनन् भने पनि त्यो उनको लागि राम्रो मानिनेछैन ।

अमित शाहको परिचय कुनै पनि गल्ती नगर्ने नेताको थियो । चुनावी विज्ञ तथा आलोचकलाई गलत साबित गर्दै उनले नरेन्द्र मोदी वा उनका गुरु वा उनकै भाषामा ‘साहेब’को लागि कठिन भन्दा कठिन निर्वाचन जिताए ।

तर पछिल्लो समय भने गृहमन्त्री अमित शाह नरेन्द्र मोदीको छविमै असर पु¥याउन जिम्मेवार देखिन थालेका छन् । भारतीय संविधानमाथि शाहको ‘ताण्डव’ले होसियारीपूर्वक निर्माण भएको मोदीको छविमै आघात पु(याएको छ ।

उनको छुच्चो र अहङ्कारी भाषाका कारण भाजपाले महाराष्ट्रमा हातमा आइसकेको सत्ता गुमायो । शाहले लामो समयदेखिको सत्ता सहकर्मी शिव सेनाबारेमा भनेका थिए, ‘हामीले एउटा मुसालाई बाघ बनाइदियौँ । र, अहिले त्यही बाघ हामीलाई डराउन खोजिरहेको छ । हामीले मुसालाई उसको सही स्थान देखाइदिनुपर्छ ।’ तर अन्तिममा सोही ‘मुसा’ले असम्भव काम गरेर देखाइदियो । तिनले वैचारिक शत्रुसँग हात मिलाएर सरकार बनायो । भाजपा स्तब्ध भयो ।

चुनावी मैदानमा पनि उनी कमजोर देखिन थालेका छन् । पछिल्लो समय मध्य–प्रदेश, छत्तिसगढ, राजस्थान, महाराष्ट्र र झारखण्ड राज्यमा पार्टीले राज्य सरकार गुमायो । ती निर्वाचनको नेतृत्व अमित शाहले गरेका थिए । शाहलाई हरियाणमा भाजपाको गठबन्धन सरकार बनाउन हम्मेहम्मे परेको थियो ।

केही अघिसम्म प्रधानमन्त्री नरेन्द्र मोदीको घरेलु र अन्तर्रा्ष्ट्रिय मञ्चमा उनको जुन स्थान थियो, त्यसलाई पुनः हासिल गर्ने हो भने उनले केही कदम चालिहाल्नुपर्छ । यसको लागि उनले जम्मु तथा कश्मीरमाथि लगाइएका प्रतिबन्धलाई फिर्ता लिने निर्णय लिनसक्नेछन् । त्यस्तै सरकारले नागरिकतालाई पुनःपरिभाषित गर्न लागेको प्रयासमा भएका गल्तीलाई सच्चाउनु पनि महत्त्वपूर्ण हुनसक्छ ।

अमित शाहलाई गृहमन्त्रीबाट विस्थापन गर्दा केही सार्वजनिक आक्रोशलाई मत्थर गराउनेछ र साथमा मोदीको छविमा केही सुधार हुनसक्छ । अन्यथा उनले प्रधानमन्त्रीका लागि मित्रभन्दा शत्रु बनाउन जारी रहनेछ । मोदी पुनःनिर्वाचित भएको ६ महिनाभित्र नै शाहले आफ्नो ‘साहेव’को छविमा आघात पु(याएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...