काठमाडौं, 18 अक्तूबर 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल मोहन वैद्यलाई भेटन् पुग्नु भएको छ। आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई दमको समस्या बढेर उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुग्नु भएको हो । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जनाएका थिए । उक्त क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए । नर्भिक अस्पतालमा प्रचण्ड करिब २० मिनेट बस्नु भएको थियो । नेता वैद्यलाई भेट्न प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए । आइतबार बिहान नर्भिक भर्ना हुनुभएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।









































