12 नवम्बर 2021
म्यानमारको सैनिक अदालतले अमेरिकी पत्रकार ड्यानि फेन्स्टरलाई अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । केहि दिनअघि म्यानमार सेनाले उनीमाथि देशद्रोह र आतंकवादी गरी थप नयाँ आरोप लगाएको थियो । फेन्स्टर आप्रवासी कानुन उल्लंघन गरेको, गैरकानुनी संगठन बनाएको र म्यानमार सेनाविरुद्ध सर्बसाधारणलाई उक्साएको आरोपमा फेन्स्टर दोषी ठहरिएका छन् ।३७ वर्षीय फेन्स्टर म्यानमारस्थित फ्रन्टियर म्यानमारका व्यवस्थापकीय सम्पादक हुन् । म्यानमार सेनाले उनलाई गत मे महिनामा याङोन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । सेनाले उनलाई हिरासतमा राखेको थियो । उक्त आरोप सत्य सावित भएमा पत्रकार फेन्स्टरले जन्मकैदको सजाय भोग्नु पर्ने जनाइएको थियो । यद्यपि नयाँ आरोपबारे हाल कुनैपनि निर्णय नभएको बताइको छ । म्यानमार सेनाले सैन्य ‘कु’ लागू गरेपछि फेन्स्टरलगायत अन्य दर्जनौं स्थानीय पत्रकारहरु हिरासतमा छन् ।









































