HomeFeatureम्याराथन पत्रकार सम्मेलन

म्याराथन पत्रकार सम्मेलन

काठमाडौं, 28 अक्तूबर 2021

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले संयुक्तरुपमा कात्तिक २७ मा हाफ म्याराथन आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले कार्तिक २७ गते पुरुष तथा महिलातर्फ हुने म्याराथनका विजेतालाई नगद ५० हजारले पुरस्कृत गर्ने जानकारी दिएको हो । त्यसैगरी पुरुष तथा महिलातर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । भेट्रान्सतर्फ शीर्ष तीन स्थान हात पार्ने धावकहरु क्रमश १० हजार, ८ हजार र ५ हजारबाट पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागीय टोली तथा व्यक्तिगत गरी करिब १ सय ५५ जनाले सहभागिता जनाउने छन् । आयोजकका अनुसार प्रतियोगिताका लागि करिब २१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ । हाफ म्याराथन पाँचपोखरीदेखि रैथानले महादेव मन्दिरसम्म हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...