नयाँ दिल्ली, 6 मार्च, 2020
आफ्नो जन्मभूमिलाई कर्मथलो बनाउने र मातृभूमिमा रमाउने मन कसलाई हुँदैन? कसलाई विदेशी भूमिमा पसिना बगाउने मन हुन्छ? बाध्यताले विदेशीए पनि स्वदेश फर्किने मन कसलाई हुँदैन होला? तर विडम्बना आज विदेश पलायन भएका अधिकांश नेपालीहरू स्वदेश फर्किने इच्छा हुँदाहुँदै पनि फर्किन सकिरहेका छैनन्। अझै छिमेकी मुलुक भारतको कुरा गर्नै हो भने हास्ने खेल्ने उमेरमै पनि नेपालीहरू यहाँ पस्नु कुनै नौलो कुरा होइन। बाल्यकालमा भारत पलायन भएका बालबालिकाहरूको अवस्था त झनै दयनिय हुन्छ। उनिहरूले आफ्नो संस्कृती, रितिरिवाज बिर्सिसकेका हुन्छन्। यहाँसम्मकी कतिलाई त आमाबुबा र आफ्नो गाँउ पनि स्मरण हुँदैन।
यस्तै पिडा छ बोबी नाम बताउने यी युवकको पनि। सन् 2006/7 ताका नेपालदेखि भारत आएका अन्दाजी 20/22 वर्षीय बोबी, नेपाल घर फर्किन चाहन्छन्। तर विभिन्न कारणले फर्किन सकिरहेका छैनन्। उनि नेपाली पनि बोल्न बिर्सिसकेका छन्, यहाँ सम्मकी उनलाई आफ्नो आमा-बुवा, भाई बहिनीको नाम बाहेक कुनै कुरा याद छैन्। त्यसैले पनि उनलाई नेपाल फर्किन समस्या देखिएको हो। पर्याप्त विवरण दिन नसकेकाले पनि उनलाई नेपाल फर्काउन समस्या देखिएको हरियाणामा समाजसेवामा सक्रिय अभियान्ताहरूले बताएका छन्।
बाबुको नाम राम बाजु थापा र आमाको नाम किसोरी देवी बताउने बोबीले आफु नेपाल फर्किन चाहेको भन्दै मद्दत गर्न अनुरोध गरेका छन्। उनले आफ्नो बुवाले पुलीसको जीप चलाउने गरेको र 2 बहिनी बबिता अनि रमिता र 2 भाईहरू ओखलढुंगामै रहको बताएका छन्।
स्वदेश फर्किन चाहेकाहरूलाई सहयोग गर्नु तपाईँ हामी सबैको कर्तब्य हो। त्यसैले नेशनल लाईभ टेलिभिजन सम्पूर्ण दर्शकवृन्द र पाठक वर्गमा यो समाचारलाई धेरैभन्दा धेरै शेयर गरेर बोबीको आफन्तसम्म जानकारी पुऱ्याएर उनलाई घर फर्किन सहयोग गरिदिन अनुरोध गर्दछ।
तस्विरमा देखिएका व्यक्तिलाई कसैले चिन्नुभएको छ भने भारतीय मोबाईल नम्बर
9041929106 र 7986047131 मा सम्पर्क गर्न अनुरोध गर्दछौँ।









































