गोविन्द पोख्रेल
म मिडियाकर्मी बडो सुशिल र अनुशासित शब्द एवम् मिठास भरिएको शब्द । अन्याय र अत्याचारको विरुद्ध संघर्षशील अभिब्यक्ति मिडियाकर्मी । न्याय नपाएर थिलो थिलो बनेका पिडितहरुले शब्द सुन्ने वित्तिकै अब हाम्रो पनि सुनुवाई जन जनसम्म पुग्ने भो भनेर सन्तुष्टिको सास फेर्न उत्साहित गराउने थलो हो, मिडिया जगत ।
तर जब मिडिया जगतकै कृयाकलापमा प्रश्न उठ्छ वा उठाईन्छ, त्यो पनि म मिडियाकर्मी हुँ भन्ने ब्यक्तिबाट त्यतिबेला मिडिया क्षेत्रमा केही गरेका र केही गर्न तम्सेका हरुका लागि मनमा ठेस लाग्नु स्वभाविकै हो ।
मिडिया क्षेत्र भनेपछि एउटा समूह हो । सँस्थागत रुपमा समूहभित्र रहेको एकजना ब्यक्तिलाई ब्यक्तिगत रिसईबीका कारण लगाईएको आरोप त्यो समुहसँग जोडिएका सबैका लागि हो भन्ने बुझ्न जरुरी हुन्छ । ब्यक्ति जो सुकै होस सबैको बराबर उत्तरदायीत्व हुन जरुरी हुन्छ, ब्यक्ति खराब हुदैमा सँस्था वा समूह खराब हुदैन भनेर त्यहा एकता हुनुपर्छ ।
मेरो जानकारीमा भएका केही कुराहरु समाचार सम्प्रेषण गर्दा ध्यान दिन अति नै जरुरी मैले ठानेको हुदा यसरी उल्लेख गर्ने प्रयास गरेको छु ।
पत्रकारिता (समाचार सम्प्रेषण) गर्नपनि एउटा समुहको आवस्यकता पर्दछ ।
समुह भन्ने वित्तिकै बुझ्न जरुरी हुन्छ । समाचार संकलन गर्न गएको पत्रकारले समाचार संप्रेषण गर्ने अधिकारीलाई पठाउनु पर्छ । आफै संप्रेषण गर्न सक्ने पत्रकारले अडिटरसँग परामर्श गर्नुपर्छ र मिले नमिलेका विषयबस्तु काटछाँट गरेर संप्रेषण गनुपर्छ ।
टाठो मान्छे, अरुको अलिकति उक्साहट पाए जे पनि आँट्ने ।
उक्साहटमा जे बोलपनि हुन्छ भन्ने हठी मानिसले पत्रकारलाई अलिकति उक्साएपछि अघिपछि कसैलाई समाचार संप्रेषणको वास्तबिक ज्ञान नभएका पत्रकार उक्साहटमा हौसिए भने उनले समाचारको मर्म नै नबुझी समाचार संप्रेषण गर्न हतार गर्न सक्छन, हतार गर्दछन र हतार गर्दा रहेछन ।
हठि प्रवृतिको मान्छेले ब्यक्तिगत रिसईबीको कारण प्रतिशोधको आवेगमा दिने अन्तरवार्ता ।
हठि प्रवृतिको मान्छेले ब्यक्तिगत रिसईबीको कारण प्रतिशोधको आवेगमा प्रमाणित गर्न नसक्ने समाचारका लागि पत्रकारलाई उक्साउछन । उक्साहटमा म मिडियाकर्मी हो आउनुस भनेर अन्तरवार्ता लिने पत्रकारले के कुराको हेक्का राख्नुपर्ने हो, त्यो ज्यादै महत्वपूर्ण हुन्छ, हुनुपर्छ । कतै व्यक्तिगत रिसीबिलाई उजागर गर्ने व्यक्तिले सिङ्गो समुदाय वा संस्थालाई नै असर गर्ने अभिव्यक्ति त दिने हैनन् भन्ने समेत हेक्का राख्न न सक्ने पत्रकारले ठुलो स्वरमा चिच्याएर अनर्गल समाचार सम्प्रेषण गर्नु भन्दा पत्रकारिता क्षेत्रलाई तिलान्जली दिनु बेस हुन्छ ।
दोहारो पक्षलाई समेट्न जरुरी हुन्छ ।
यी र यस्ता खाले समाचार संप्रेषण गर्ने पत्रकारले दोहोरो पक्षलाई समेट्न जरुरी हुन्छ, समेट्नुपर्छ । अझ पत्रकार र मिडियाहाउसकै विरुद्ध कोहि बोल्दैछ भने त झन विशेष ख्याल राख्नुपर्छ । म मिडियाकर्मी हुँ भन्ने सोचबाट जे पनि गर्न सक्छु भन्ने अहंकारी प्रबृतिको पत्रकारीतामा लिप्त पत्रकारले यो कुरामा खासै ध्यान नदिदा नेपालको पत्रकारीता क्षेत्रले समय समयमा आलोचनाहरु खेप्न परेको पनि हामीले भेटाएका छौ ।
समाचारको भाव छुट्टाउन सक्ने श्रोताले समाचार सुनेपछि या पढेपछिको खिन्नता (प्रतिक्रिया) ।
माथिका विभिन्न उदाहरणहरुमा आधारित समाचार संप्रेषण गर्ने पत्रकारहरुको योग्यता र दक्षतामा समय समयमा प्रश्न चिन्हहरु लाग्ने गरेकाछन । समाचार पढ्ने र सुन्ने दर्शक श्रोताहरुले हेर अहिलेसम्म त यो पत्रकार अलि ठिक छ की भनेको यसले अंहकारपूर्ण तरिकाले दिएको यो समाचारले यसको हैसियतमाथी प्रश्न गर्ने गरायो ।
नैतिक विहिन बनेर अरुको चरित्र हत्या गर्न उत्ताउलो बन्यो, यो । आडम्बरी रहेछ, कि त दोहोरो पक्षलाई नै समेट्न सक्नुपथ्र्यो । विना प्रमाण उनीहरुको आपसी ब्यक्तिगत रिसईबीलाई उजागर गर्यो । यस्तो विना आधारका समाचार, अन्तरवार्ता दिनेलाई अब विश्वास गर्ने आधार नै रहेन । दर्शक श्रोताका टिप्पणीहरु यसरी ओईरो लाग्ने गर्छन ।
पत्रकारलाई पनि कानूनी दायरामा रहन जरुरी हुन्छ ।
कानूनी राज्यले बनाएका निति नियम आम नागरीक सरह पत्रकारहरुका लागि पनि लागु हुन्छन भन्ने कुरा पत्रकारले बुझ्न जरुरी हुन्छ, बुझ्नुपर्छ । शायद नबुझेका हुन या बुझेर बुझपचाएका हुन त्यस्ता प्रवृतिका कतिपय आफुलाई ठुलो पत्रकार ठान्नेले विगत समयमा यी र यस्तै आक्षेप लगाईएको समाचार बडो जोडतोडका साथ संप्रेषण गरेर आफुलाई पत्रकारीता क्षेत्रको अब्बल पत्रकारको रुपमा समुदायको विरुद्ध उभ्याउने प्रयत्न गरे । दर्शक श्रोताले धिक्कारे, अब उ समुदाय विरोधी भन्ने बुझेपछि टाढा हुने मन बनाएका उनीहरु नजीककाहरुसँग आफ्नो गुनासो राख्न थाले, सुरु गरे ।
तिनको पत्रकारीता क्षेत्रको उज्वल भविश्यको कामना गर्दै, आगामी दिनहरुमा पत्रकारीतालाई सुधार गर्ने अवसर वहाँहरुलाई मिलोस ।
यहाँनेर कतिपय संवेदनशील समाचारहरु संप्रेषण गर्दा पिडीत पक्षको फोटा जस्ताको तेस्तै राख्ने या आवरणमा राख्ने सहमति लिएर राखिन्छ । ब्यक्तिगत रुपमा कसैले आरोप लगायो भनेपनि दुबै पक्षको कुरालाई बुझेर समेटेर राख्नु पर्ने हुन्छ ।
ब्यक्ति ब्यक्ति विचको घोचपेचलाई लगेर समुदाय या सँस्थामा आघात पर्ने समाचार सम्प्रेषण गर्ने समाचारदातालाई दर्शक श्रोताले कसरी नियाल्छन होला ? मेरो ब्रह्मले र मेरो विवेकले भेटाउन सकेन, यस सँग सम्बन्धित विज्ञहरुले जानकारी गराउनुहोला ।
यस्ता समुदाय विरोधी अभियानमा लिप्त अन्तरवार्ता सम्प्रेषण गर्ने पत्रकारको अंहकाररुपी आडम्बरी सोच सहि की गलत ? पत्रकार मात्रै हैन बेला बखत रिसको आवेगमा सिंगो समाजलाई असर पर्ने खालका अभिब्यक्ति दिने देखि, मुद्दा हाल्ने सम्मका गतिविधिमा संलग्न जो कोही आफुलाई सामाजिक अगुवा बताउनेको सोंच अहंकार शिवाय अरथोक के नै होला र ? म अज्ञानीले बुझ्न सकिन, प्रश्न सधैका लागि–सबैका लागि ।









































