नयाँ दिल्ली, 20 जनवरी 2020
मध्य यमनमा मिसाइल तथा ड्रोन हमलामा 100-भन्दा बढी मानिसहरू मारिएका छन् भने, कैयौँ मानिसहरू घाइते भएका छन्। हमलाको आरोप हुती विद्रोही समूहलाई लगाइँदैछ। यद्यपी अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन्।
चिकित्सा तथा सैन्य सूत्रहरूले बताएअनुसार साउदी अरब नेतृत्वमा सैन्य गठबन्धन समर्थित यमन सरकार र ईरानको समर्थन प्राप्त हुती विद्रोही समूह बीच संघर्षमा महिना दिनको शान्ति पश्चात् यो हवाई हमला गरिएको हो।
हुती विद्रोही समूहले राजधानी सनाभन्दा लगभग 170 किलोमिटर पूर्वस्थित मारिब प्रान्तमा सैन्य शिविरको एउटा मस्जिदमा साँझको नमाजको समयमा हमला गरेको हो।









































