काठमाण्डौ, 11 जनवरी 2020
शुक्रबार काठमाडौंमा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता भएको छ । नेपाल घोडचढी संघको आयोजनामा काठमाडौंको टुँडिखेलमा प्रतियोगिता भएको हो । प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ गरी पुरुष तर्फ २० र महिलातर्फ ६ गरी २६ राईडरले प्रतिस्पर्धा गरेका थिए । महिला राईडरहरुलाई भने प्रतियोगिताका आधारमा नभएर प्रोत्साहनका लागि सहभागि गराइएको आयोजकले जनाएको छ ।
कतार एयरवेज, टिभीएस, मित्सुविसी र लिओन मोटर्सले प्रतियोगिताको प्रायोजन गरेका थिए । विगतका वर्षहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगितामा यो वर्षदेखि अन्य राईडरहरुको पनि सहभागिता रहेको थियो ।