HomeFeatureयस्ता छन् तुलसी सेवनको चमत्कारिक फाइदा, तपाईहरुले पनि यसको सेवन गर्नुहोस् र...

यस्ता छन् तुलसी सेवनको चमत्कारिक फाइदा, तपाईहरुले पनि यसको सेवन गर्नुहोस् र चिसोबाट बच्नुहोस्

नयाँदिल्ली, ४ फेब्रुअरी
चिसो मौसममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्ता कुराहरु कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो तुलसी ।

तुलसीले औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ । किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या आदि हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ ।

यसका फाइदाहरू

१. निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।

२. तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ ।

३. तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ ।

४ टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

५. पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिनेर तयार पारिएको झोलले घाउ शीघ्र निको हुन्छ।

६. ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमित हुनुपर्छ।

७. सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...