काठमाडौं, 9 नवम्बर 2022
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको निर्वाचन सामान्य र औपचारिक मात्रै नभएको बताएका छन्। बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबनधनको चुनावी सभालाई सम्बोधन गदै उनले यो निर्वाचन जीवन र मरणबीचको भएको बताए।
सत्ता गठबन्धन जनताको गठबन्धन भएको बताउँदै प्रचण्डले नेकपा (एमाले)ले बनाएको अर्को गठबन्धन राजतन्त्र पुर्नस्थापना गर्न चाहने र संविधान च्यात्नेहरूबीचको भएको उनले दाबी गरे। लोकतन्त्रविरोधीको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाए।
‘यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीबीचको हो। संघीय गणतन्त्र पक्ष्ँधर र यसका विरोधीबीचमा एउटा ठूलो संघर्षको रूपमा यो र्विाचन हुन लागिरहेको छ,’ उनले भने, ‘हामीले दह्रो एकता प्रदर्शन गरेर यो निर्वाचनमा परिवर्तनको पक्षलाई समानता र स्वतन्त्रको पक्षलाई निर्वाचित गराउनु पर्नेछ।’









































