Homeसमाचारखेलकुदयुएईलाई हराउँदै नेपालले एसीसी यु-१९ प्रिमियर कपको उपाधि जित्यो

युएईलाई हराउँदै नेपालले एसीसी यु-१९ प्रिमियर कपको उपाधि जित्यो

युएईलाई हराउँदै नेपालले एसीसी यु-१९ प्रिमियर कपको उपाधि जित्यो

काठमाडौं, 24 अक्टोबर 2023

युएईलाई हराउँदै नेपालले एसीसी यु-१९ प्रिमियर कपको उपाधि जितेको छ। मलेसियामा मंगलबार भएको फाइनलमा डीएल मेथडको आधारमा युएईलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो। मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउँदै यूएई २६.४ ओभरमा १ सय ७८ बनाएर अलआउट भयो । फाइलनमा वर्षा रोकिएपछि यूएईले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सुरुमा दबाबमा राखेको थियो । तर नेपालले बलिङ र फिल्डिङ दुवैमा सटिक प्रदर्शन गरेको थियो ।

एसीसी यू–१९

नेपालका आकाश त्रिपाठीले चार विकेट लिए भने सुभाष भण्डारीको नाममा तीन विकेट रह्यो । यूएईका लागि ध्रुव परासरले सर्वाधिक ५६ बनाए । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । आयान अफजल खानले ३० रनको योगदान दिए । यस्तै ओपनर आर्यन्स शर्माले ३२ रन बनाए । वर्षाले खेल रोकिँदा यूएईले दुई विकेट गुमाएर ५० रन बनाएको थियो ।

यसअघि खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । कप्तान देव खनालले कप्तानी इनिङ्स खेल्ने क्रममा शतक बनाए । उनले ९२ बलमा १०० रनको योगदान दिएका हुन् । त्यसतै उत्तम रंगु थापा मगरले ५७ तथा अर्जुन कुमालले ५५ रन बनाए । नेपाल सबै खेल जितेर यू–१९ एसिया कपमा छनोट भएको छ । फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले यूएई पनि छानिएको छ । नेपालले सेमिफाइनलमा जापानलाई डक वर्थ लेविसअनुसार १४३ रनले हराएको थियो । त्यस्तै समूह चरणमा साउदी अरेबियालाई ३०२ रनले, बहराइनलाई ७ विकेटले र इरानलाई २७४ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...