HomeFeatureयुक्रेनको आणविक पावर प्लान्टमा लागेको आगो निभाइयो

युक्रेनको आणविक पावर प्लान्टमा लागेको आगो निभाइयो

दिल्ली, 4 मार्च 2022

युक्रेनको आणविक पावर प्लान्ट (ऊर्जा केन्द्र) मा लागेको आगो निभाइएको छ । जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो युक्रेनको आपत्कालीन सेवाले निभाएइको पुष्टि गरेको अंतराष्ट्रीय संचार माध्यमले जनाएको छ । आज शुक्रवार बिहान ६ बजेर २० मिनेटमा (स्थानीय समयअनुसार) आपत्कालीन सेवाले जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जानकारी दिएको छ । आगो एक घण्टा जतिमा निभाइएको र ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको बताइएको छ । त्यस आगलागीमा कसैलाई केही नभएको आपत्काली सेवाले सामाजिक सञ्जालमार्फत जनाएको छ । रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो यस परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो । आज बिहान रुसी आक्रमणका कारण यस केन्द्रको पाँच तले भवनमा आगो लागेको युक्रेनले जनाएको थियो । यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउँदै विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...