युक्रेन, 25 फरवरी 2022
युक्रेनको राजधानी किभमा शुक्रबार पनि निरन्तर विष्फोट भएको छ। बिहानै लगातार विस्फोट भएको अंतराष्ट्रीय समाचार माध्यममा उल्लेख छ । युक्रेनमा बिहीबारमात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरिसकेको छ ।









































