HomeFeatureयुवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्छ: महामन्त्री थापा

युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्छ: महामन्त्री थापा

काठमाडौं, 24 दिसम्बर 2022

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्नेकुराको बारेमा सोच्न आवश्यक रहेको बताउनु भयो । उहाँले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताउनु भयो । उहाँले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताउनु भयो । उहाँले युवाहरु आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी कहिले काहीँ थाहा न नपाइकन क्रिटीकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरु थाहै नपाइकन सिनिकल हुन्छौँ । निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुन्छ । तर आलोचक बन्दा बन्दै थाहै नपाइकन हामी निन्दक बनिसकेका हुन्छौं । क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो । शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो । त्यो ठूलो स्ट्रेन्थ बन्छ । तर तपाई सिनिकल हुनुभयो भने तपाईको सबैभन्दा ठूलो विकनेस बन्छ । जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ ।’ उहाँले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरुको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । महामन्त्री थापाले निन्दक बन्नु युवाहरुका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...