HomeFeatureयुवा संगठनले “महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि” भन्ने अभियान...

युवा संगठनले “महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि” भन्ने अभियान शुरु गर्ने

काठमाडौं, 6 अगस्त, 2021

युवा संगठन नेपालले “महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि” भन्ने अभियान शुरु गर्ने भएको छ । बिहीवार बसेको संगठनको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्णय गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत् संघका महासचिव दीपक जीएमले बताउनुभयो । उहाँले अभियान हरेक महिनाको दुई वटा शनिवार २ घण्टा देशैभर सञ्चालन हुने बताउनुभयो । यो अभियान साउन २३ गते शनिवार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु हुनेछ  भने साउनको अन्तिम शनिवार त्रिवी विश्वविद्यालय कीर्तिपुरमा हुनेछ ।

महासचिव जीएमले भन्नुभयो, “युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महिनामा २ दिन २ घण्टा मेरो राष्ट्रका लागि भन्ने स्वयं सेवकीय अभियान सञ्चालन निर्णय गरिएको छ, यो अभियान प्रत्येक महिनाको २ वटा शनिवार २२ घण्टा देशैभर निरन्तर सञ्चालन हुनेछ ।

बैठकले २०७८ श्रावण मसान्तभित्र सबै प्रदेश, भाद्र १० भित्र  सबै जिल्ला र भाद्र मसान्तसम्म सबै स्थानीय तहसम्म पुगेर पिपुल्स भोलेन्टियर गठन गर्ने र नेपालमा बसोवास गर्ने र खोप लगाउन योग्य सबै समुदायलाई चाँडोभन्दा चाँडो खोप सर्वसुलभ रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।पत्रकार सम्मेलनमा संघका अध्यक्ष नरेश कुमार शाहीले भ्रष्टाचार, विकृति,विसंगति, नातावाद र विभिन्न खालका गलत संस्कारहरु कायम रहेकोले ती संस्कृतिलाई चुनौति दिन युवा संघको निर्माण भएको बताउनुभयो ।उहाँले नेपाली समाजमा राजनीति प्रतिको सकारात्मक धारण विकास गर्ने र नेपालको समाज विकासका लागि युवाहरुको दायित्व र कर्तव्यबोध गराउनका लागि स्वयंसेवकको अभियान थालेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हाम्रो समाजमा भ्रष्टाचार, विकृति, विसंगति,कृपावाद, नातावाद, विभिन्न खालका गलत संस्कारहरु कायम रहेका छन्, ती संस्कृतिको रुपमा विकास हुँदैछन्, त्यसलाई एक किसिमको चुनौति दिनको लागि हामीले नेपालमा समाजमा राजनीति प्रतिको सकारात्मक धाराणा विकास गर्ने र नेपालको समाज विकासका लागि युवाहरुको दायित्व र कर्तव्यबोध गराउनका लागि स्वयंसेवकको अभियान शुरु गरेका हौँ ।

युवा संगठन नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...