HomeFeatureयुवा स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकाद्वारा आफुलाई युवा तथा खेलकुद मन्त्रालयदले काजमा...

युवा स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकाद्वारा आफुलाई युवा तथा खेलकुद मन्त्रालयदले काजमा बोलाएको भन्दै असन्तुष्टि व्यक्त

काठमाडौं, 21 दिसम्बर 2021

युवा स्वरोजगार कोषका उपाध्यक्ष देवराज रोकाले आफुलाई युवा तथा खेलकुद मन्त्रालयले काजमा बोलाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि आफु कोषमा फर्किएको र मंगलबार मन्त्रालयबाट काजमा खटाइएको पत्र प्राप्त भएको उहाले बताउनुभयो । यसअघि कार्तिक ९ गतेको मन्त्रिपरिषद् बैठकले रोकालाई बर्खास्त गरेको थियो । आफूलाई कानुनविपरीत हटाइएको भन्दै रोका ११ कात्तिकमा अदालत पुग्नुभएको थियो । उहाको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अल्पकालीन आन्तरिम आदेश जारी गरेको थियो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रोकाले आफुलाई राजनीतिक पूवाग्रहका आधारमा काजमा तानिएको आरोप लगाउनुभयो । यसअघि आफुलाई राजनीतिक पूवाग्रहका आधारमा पदबाट हटाएपनि अदालतले न्याय गरेपछि आफु काममा फर्किएको उहाले बताउनुभयो । उहाले कोषको नियमावलीलाई प्रमुखलाई काजमा लैजाने व्यवस्था नरहेको तर्क गर्नुभयो । रोकालाई अघिल्लो सरकारले १५ भदौ ०७७ मा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...