HomeFeatureयूएईमा गयो एक वर्षमा १०३ नेपालीको ज्यान

यूएईमा गयो एक वर्षमा १०३ नेपालीको ज्यान

यूएई, २० जनवरी २०२०
वैदेशिक रोजगारीमा जाने , परिवारलाई खुसी दिने हरेक युवाहरुको सपना हुन्छ । यसरी परिवारको खुसीको खोजीमा विदेशतिर भौतारिने नेपालीको संख्या बर्सेनी बढ्दो क्रममा छ । तर, परिवारको खुसीका लागि विदेशी भूमिमा आफ्नो पसिना,श्रम बेच्न गएका नेपालीको जीवन अकालमै टुंगिरहेको अवस्था छ ।

संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन् २०१९ मा मात्रै १०३ नेपालीेले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा ९९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

कार्यस्थलदेखि दुर्घटनालगायतमा परेर युएईमा एक वर्षको अवधिमा १०३ ले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दुर्घटनामा नेपाली परेका थिए । जसमा ३ को मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।

सन् २०१८ मा युएईमा ज्यान गुमाउने नेपालीको संख्या अझै बढीरहेको छ । नेपाली दूतावासका अनुसार, सन् २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएका थिए ।

सन् २०१८ मा ३ महिला सहित ३० नेपालीले आत्महत्या गरेका थिए । यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ ।

पछिल्ला केही वर्षयता युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएका छन् । एक तथ्यांकअनुसार, युएईमा मात्रै २ लाख ५० हजार नेपाली युवा श्रम खर्चिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...