HomeFeatureयौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गर्ने: महिला मन्त्री

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गर्ने: महिला मन्त्री

काठमाडौं, 22 फरवरी 2022

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताउनुभएको छ । मंगलबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अन्य सरोकारवालाबीचको अन्र्तक्रिया कार्यक्रममा उहाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताउनुभएको हो । उहाले आफ्नो पहिचान सहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गरिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री रेग्मीले आफ्नो अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । उहाले संगठीत भएर आवाजलाई बुलन्द बनाएर अघि बढे अधिकार प्राप्तीमा सहज हुने बताउनुभयो । उहाले मुलुकका सवै नागरिकको अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको भएपनि बिभिन्न कारणले यसमा पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले राज्यले आफूहरुको समस्यमाका बारेमा गम्भीरता दिन नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...