HomeFeatureयौन व्यवसाय गराउने तीन महिला झापाको दमकबाट पक्राउ

यौन व्यवसाय गराउने तीन महिला झापाको दमकबाट पक्राउ

काठमाडौं, 31 मार्च 2021

मानव बेचबिखनको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमक झापा बाट खटिएको टोलीले मोरङ पथरीशनिश्चरे नगरपालिका बस्ने ३८ वर्षीय उर्मिला नेम्बाङ र इलाम चुलाचुली गाउँपालिका बस्ने ३८ वर्षीय बन्ठि भन्ने नन्दिता साँवा लिम्बुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले झापा दमक नगरपालिका ६ नयाँ सब्जी बजार नजिकै घर भाडामा लिएर विभिन्न उमेर समूहका युवती देखि महिलालाई राखी यौन क्रियाकलाप गराउने गरेको सूचनाको आधारमा घरमा फेला परेका महिलाहरूको बयानको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो। प्रहरीले घरबाट ८ जना महिलालाई उद्धार समेत गरेको छ। उनीहरूले विभिन्न काम खोज्न आएका महिला तथा युवतीलाई घरमा राखेर यौन क्रियाकलाप गराउने गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरू विरुद्ध जिल्ला अदालत झापाबाट मानव बेचबिखन कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...