HomeFeatureरक्षामन्त्री र सेना प्रमुख अनुपस्थित भएपछि राज्य व्यवस्था समिति बैठक स्थगित

रक्षामन्त्री र सेना प्रमुख अनुपस्थित भएपछि राज्य व्यवस्था समिति बैठक स्थगित

काठमाडौँ, ५ मार्च, २०२०
नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ ।

बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गर्नुभएको हो । उहाँले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पु¥र्यादिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो ‘माननियहरुले उठाउनुभएको विषयहरुको सन्देश सहित अर्को बैठमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु ।’

बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताउनुभयो । उहाँले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेहि हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफुले नसुन्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ लोकतान्त्रीक प्रणालीमा पार्लामनेन्ट्री सिस्टममा मन्त्री संसदप्रति उत्तरदायि हुने प्रधानमन्त्री मन्त्री उत्तरदायि हुने संसदिय समिति भनेको मिनि पार्लामेन्ट हो । त्यसैले मन्त्री नआइकन छलफलको औचित्य छैन् र ब्रिफिङ पनि चिफले नगरीकन अन्यको त्यति महत्व राख्दैन् ।’ उहाँले नेपाली सेनालाई ठेकेदार बनाउन खोजेको हो की सेनाको गरिमा कायम राख्न खोजेको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । त्यस्तै संसदलाई जवाफ दिने हैसियत सचिवलाई नभएको भन्दै पोर्टोकलको ख्याल राख्न समेत माग गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी नेपाली सेनालाई ठेकदार बनाउन खोजेका छौं की नेपाली सेना बनाउन खोजेका छौं त्यो प्रश्न छ । सरकारले जवाफ दिनुपर्छ । सरकार नै छैन भने कसले जवाफ दिने । सचिवज्युको हैसियत होइन जवाफदिने । संसदलाई जवाफदिन सचिव को हैसियत पुग्दैन् । त्यो पोर्टोकलको पनि कुरा हुन्छ । त्यसकारणले सचिव जी को जवाफ म सुन्ने पक्षमा छैन् । बोलेर म बहिस्कार गरेर हिंडछु । ’ उहाँले नेपाली सेना भित्रको भ्रष्टाचारले देशलाई थिलोथिलो पारेको समेत बताउनुभयो ।

सांसद झपटबहादुर रावलले विभागिय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भिर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको र बैठकमा बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैभन्दा पहिले सम्बन्धित विभागिय मन्त्रीज्यू र सेनाको प्रमुख वहाँहरुको उपस्थिति बेगर यो बैठक अगाडि बढाउने कुरा यो मिनि संसदको गरिमा यसको महत्व लाई बेवास्ता गरेको भन्ने मेरो बुझाई रहेको हुनाले म बोल्दीन भनेर बोलिरहनु भन्दा पनि यसलाई यसरी नै टुङ्ग्याउँ भन्ने पक्षमा छु ।’

सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैभन्दा पहिला जुन भ्रस्टाचार भइराखेको छ नेपाली सेनामा आर्थिक र नीतिगत भ्रस्टाचार हुनेवाला छ भनेर आएको छ । यस सम्बन्धमा पनि तपाइहरुको स्पस्टता चाहिन्छ । उच्च सैनिक अधिकृतहरुले आफुखुसी मनपरेको गणगुल्ममा रहि बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ । यो के हो ? यसको पनि सत्य तथ्य आउनुपर्छ । बढुवा गर्दा सैक्षिक योग्यताको कुरा पनि आएको छ । फास्ट ट्रयाक निर्माण गर्दापनि सेनालाई जिम्मा दिएको छ । त्यहाँपनि भ्रस्टाचार भएको छ अख्तियारले हेर्न मिल्दैन् । ’

सांसदहरुले अख्तियारले हेर्न मिल्दैन भन्दै सेनाभित्र ठूलाठूला अनियमितताहरु हुने गरेको बताए । नेपाली सेनाभित्र भ्रष्टाचार भएको दावी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो । नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । सोही प्रतिवेदन माथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...