HomeFeatureरक्सौल नाकाबाट कच्चा पदार्थ निर्यातमा भारतले लगायो रोक

रक्सौल नाकाबाट कच्चा पदार्थ निर्यातमा भारतले लगायो रोक

दिल्ली, 29 जून 2022

भारतले रक्सौल नाकाबाट कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको छ।  सडक यातायातको माध्यमबाट हुने व्यापारका लागि नेपाल र भारत दुवै तर्फ एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको चार वर्ष नाघिसकेको छ । अझ रेल लिंक समेत जोडिएको सिर्सिया सुख्खा बन्दरगाह त २०६१ सालदेखि नै सञ्चालनमा छ । तर दुवै भन्सार यार्डमा धुलोजन्य औद्योगिक कच्चा पदार्थ (डस्टी कार्गो) व्यवस्थापन गर्ने स्थल छैन । जसले गर्दा उद्योगी तथा आयातकर्ताहरुले विभिन्न समयमा डस्टी कार्गो आयातमा समस्या भोग्दै आएका छन् । औद्योगिक कच्चा पदार्थ आइरन ओर, सिमेन्ट, कोइला, जिप्सम, स्लेग रक्सौलसम्म रेलमा र त्यसपछि ट्रकबाट वीरगञ्ज-रक्सौल नाका हुँदै नेपाल ल्याउने गरिएको छ । साल्ट ट्रेडिङले नुन र मल पनि यसैगरी ल्याउँछ । केही मात्रामा पेट्रोलियम पदार्थ पनि पुरानो भन्सार नाका अर्थात मितेरी पुल, शंकराचार्य गेट हुँदै ल्याइन्छ । तर १ जुलाई २०२२ देखि रक्सौल भन्सारले त्यसमा रोक लगाउने भएको छ । रक्सौल ल्याण्ड कस्टम (एलसीएस)को डेपुटी कमीसनर पिंकी कुमारीले सूचना जारी गर्दै त्यस्तो जानकारी गराएकी हुन् । उनले जारी गरेको सूचनामा १ जुलाईदेखि रक्सौलस्थित रेल्वे साइडिङमा आउने सामान रक्सौल बोर्डर (मितेरी पुल) मार्फत नेपाल निर्यातमा रोक लगाउने उल्लेख छ । अबदेखि रक्सौलको मुख्य बजारबाट आईसीपी रक्सौल हुँदै नेपाल लैजानुपर्ने उनको भनाइ छ । त्यसका लागि पनि राति ९ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ । रक्सौलबाट निकासीका लागि पठाइएका सामानहरू र इन्डियन आयल कर्पोरेशनका तेल भरेर आएका ट्याङ्करहरु समेत सोही मार्ग हुँदै लैजानुपर्ने उल्लेख छ । १ जुलाईपछि ढुवानी बिलहरू एलसीएस पोर्ट कोड अन्तर्गत दर्ता नगरिने अर्थात जाँचपास नगर्ने पनि डेपुटी कमीसनर पिंकी कुमारीले जारी गरेको सूचनामा उल्लेख छ । वर्षौंदेखि रक्सौलको रेल्वे साइडिङमा नै धुलोजन्य औद्योगिक कच्चा पदार्थ आयात भइरहेको थियो । रक्सौल ल्याण्ड कस्टम र वीरगञ्ज भन्सार कार्यालय मार्फत जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै वीरगञ्ज ल्याइन्थ्यो र देशका विभिन्न स्थानमा पठाउने गरिएको थियो । अबदेखि धुलोजन्य पदार्थको ढुवानी र भन्सार जाँचपास रक्सौल लक्ष्मीपुर र श्रीसियाको एकीकृत जाँच चौकी (आईसीपी) मार्फत मात्र गर्न पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...