HomeFeature(राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङद्वारा पद तथा गोपनियताको सपथ

(राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं, 30 नवम्बर 2021

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मंगलबार खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई सपथ खुवाउनुभएको हो । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय गरेको थियो । सपथपछि खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीको मनोबललाई उच्च बनाउने काममा सरकार प्रतिवद्ध रहेको र परिषद्ले पनि आवश्यक कार्ययोजना बनाउनुपर्ने बताउनुभयो । खेलकुद परिषद्को मुख्य काम नै खेल र खेलाडीको व्यस्थापन रहेको भन्दै उहाले संस्थाभित्र बसेर राजनीति नगर्न आग्रह गर्नुभयो । त्यस्तै नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले खेलकुद नियम अनुसार जवाफदेही भएर काम गर्ने र राष्ट्रिय टीम सुधारको प्रयास आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउनुभयो । घिसिङले खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...