HomeFeatureराजदूत आचार्य भन्नुहुन्छ नेपाल फर्कन चाहनेलाई फर्काउनुपर्छ

राजदूत आचार्य भन्नुहुन्छ नेपाल फर्कन चाहनेलाई फर्काउनुपर्छ

नयाँ दिल्ली, 7 मे 2020

भारतमा रहेका नेपालीहरु भोकै मर्ने अवस्थामा पुग्दा समेत कुनै विकल्प बिना आफु रहेको ठाउँमा सुरक्षित रहन भनिरहेको नेपाली राजदूतावासका राजदूत निलाम्बर आचार्यले अब भने भारतमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनु पर्ने बताउनु भएको छ । बुधबार राती आफ्नो सामाजिक संजाल फेसबुक र ट्वीटर मार्फत राजदूत आचार्यले लकडाउन र नेपाल-भारत सीमाबन्दको अहिलेको अवस्थामा भारत प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन बढ्दो कष्टकर बन्दै गएको भन्दै नेपाल फर्कन चाहनेेलाई फिर्ता पठाउनुपर्ने भन्नुभएको छ ।

उहाँले लेख्नुभएको छ ” लकडाउन र नेपाल-भारत सीमाबन्दको अहिलेको अवस्थामा भारत प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन बढ्दो कष्टकर बन्दैछ। विपतको यो समयमा नेपाल फर्कन चाहनेहरूलाई फर्कने सुरक्षित वातावरण बनाउनुपर्छ।
सो नहुँदासम्म कष्टकठिनाई कम गर्ने हाम्रा प्रयास बढाउन हामी सजग छौं। ”

नेपालका केही संचार माध्यममा भारतमा नेपालीहरुलाई समस्या नरहेको र नेपाली दूतावासले स्थानिय प्रशासनसँग मिलेर उनिहरुलाई खानाको व्यवस्था गरिरहेको भनेपछि भारतमा रहेका नेपाली मजदूर र मिडियाले चर्को आलोचना गरेका थिए । भारतले तेस्रो पटक लकडाउन बढाएपछि पनि नेपाली दूतावासले गत वैशाख 22 अर्थात मे 4 मा एक अपील जारी गर्दै आफु रहेकै स्थानमा सुरक्षित रहन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...