HomeFeatureराजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिहरुको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको छ: अर्थमन्त्री विष्णु पौडेल

राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिहरुको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको छ: अर्थमन्त्री विष्णु पौडेल

काठमाण्डौ, 12 नोवेम्बर 2020

अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिहरुको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताउनुभएको छ। निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्र सबल बनाउन सकेमात्रै राजनीतिक उपलब्धिहरुको रक्षा गर्न सम्भव हुने बताउनुभयो । राजनीतिक उपलब्धिहरुमा मात्रै गौरब नगरी उत्पादनमा वृद्धि, रोजगारीका अवशर सिर्जना गरी सुदृढ अर्थतन्त्र निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गरी आर्थिक क्षेत्र सबल र शक्तिशाली बनाउनु अहिलेको साझा विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आर्थिक क्षेत्रमा गर्ने उपलब्धिहरुको जगमा विगतमा प्राप्त गरेका राजनीतिक उपलब्धिहरुको भविष्य निर्भर छ । त्यो मैले महसुस गरेको छु । त्यो सँगै उत्पादन वृद्धि, रोजगारी सिर्जना, सबल र शक्तिशाली अर्थतन्त्रको निर्माण अहिलेको साझा राष्ट्रिय सरोकारको विषय हो ।

सरकार र निजि क्षेत्र एउटै डुंगाका यात्री हुन भन्ने मान्यताका साथ अगाडी बढ्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो।

महासंघले उत्पादन वृद्धिका लागि जमिन, भूमि लिज भाडामा ल्याउन छुट्टै कानून ल्याउनुपर्ने माग गरेको छ । यस्तै वन क्षेत्र, प्रयोगविहिन सरकारी जग्गाहरुको उपभोगका लागिलिन कानूनको आवश्यकता रहेको पनि महासंघले बताएको छ । निर्यातजन्य उद्योगलाई निर्यातमा पुनरकर्जा दिने स्पष्ट भएपनि व्यवसायीहरुले सुविधा नपाएको गुनासो गरेका छन् । पुर्नकर्जाको समयावधि पनि थप गी तीन वर्ष गरिनुपर्ने महासंघको माग छ । निर्यात उद्योगका लागि ल्याइने कच्चा पदार्थ पश्मिना, धागोमा भन्सार दस्तुर १ प्रतिशत शुल्क गरिउकोमा सो अनुसार भन्सार महशुल उद्योगहरुले सुविधा पाएको र ट्रडिङ हाउसलाई पनि सोही अनुसार कायम गर्नुपर्ने लगायत बुँदे पत्र महासंघले अर्थमन्त्रीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...