HomeFeatureराजनीतिक दलहरु जनताकाबीच जान डराएको ओलीको आरोप

राजनीतिक दलहरु जनताकाबीच जान डराएको ओलीको आरोप

काठमाडौं, 26 नवम्बर 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरु जनताकाबीच जान डराएको आरोप लगाउनुभएको छ । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रजातन्त्रको झ्याली पिट्ने राजनीतिक दलहरु जनताबीच जानै डराएको आरोप लगाउनुभएको हो । उहाँले देशमा विकासको लहर ल्याउन नेकपा एमाले चुनाबको तयारीमा लाग्ने उद्घोष गर्दै अबको चुनावमा एमालेले एकल बहुमत ल्याउने ठोकुवा गर्नुभयो। अध्यक्ष ओलीले सामाजिक सद्भाव र सहअस्तित्वको पक्षमा नेकपा एमाले रहेकाले नेकपा एमालेको नीति विरोधको नीति नभएको तर्क गर्नुभयो । उहाँले नेपालको स्वाधिनता रक्षाको निम्ति सधै नेकपा एमाले अग्रस्थानमा रहने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले उग्र वामपन्थ नभई व्यवहारिक रूपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुराको व्यवहारिक कार्यान्वयन गर्ने पार्टीको रूपमा नेकपा एमाले रहेको बताउनुभयो । लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको भूमि फिर्ता लिन संवाद र सहकार्य  गर्न पछि नपर्ने बताउनुभयो । एमाले अध्यक्ष ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको आरोप समेत लगाउँनुभयो । उहाँले नेकपा एमालेको सरकारले विभिन्न लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै आफ्नो पार्टी देश बनाउने पार्टी भएकाले अन्य पार्टीहरुले डाहा गरेको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...