HomeFeatureराजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्छ: राउत

राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्छ: राउत

काठमाडौं, 3 दिसम्बर 2022

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राजनीतिक प्रवृत्तिका कारण जनतामा छाएको निराशालाई चिरेर अघि बढ्न सक्नुपर्ने बताएका छन् । राउतले अहिलेको निर्वाचनमा जनतामा थोरै भएपनि आशा जगाउने काम गरेको दाबी गरे । सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राउतलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउदले चुनावमार्फत् जनताले परिवर्तनको मोहलाई मतमार्फत् व्यक्त गरेको बताए ।

उनले भने, ‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो । तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय गरेको छ’

 ‘सप्तरीका जनताले मलाई जिताएर राजनीतिमा आशा जगाउने काम गर्नुभएको छ । म भोलि देशप्रतिको प्रेम जगाउन सकुँ एउटा योग्य मान्छे, अमेरिका र युरोप छोडेर नेपाल फर्किएर जन्मभूमिको सेवा गर्छु भनेर हिम्मत गर्न सक्ने अवस्था बनाउन सकौँ, त्यो बेला तपाईहरूको मतको सदुपयोग भयो भनेर बुझ्नुहोला ।’

उनले आफु अब काम गर्ने ठाउँतिर जान लागेको भन्दै आफ्ना एजेण्डा र योजनाहरूमा सधैँ प्रतिवद्ध भएर अघि बढ्ने बताए ।

उनले यो निर्वाचनपछि अब जनमत पार्टीको नयाँ यात्रा सुरू भएको बताए । राउत सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...