काठमाडौं, 10 फरवरी 2023
राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिले लय र गति समालेकोले अवको ध्यान देशको विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छन् । दिउँसो ३ बजे राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम अनुसार राष्ट्रपति भण्डारी संसद् भवन बानेश्वर पुगेकी हुन् । राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व कायम भएसँगै मुलुक अब नागरिकलाई सुखी बनाउनुतर्फ लाग्नुपर्ने बताएकी छन् । राष्ट्रपतिले भनिन् ‘राष्ट्रपतिको हैसियतमा मेरो ७ वर्षे कार्यकालको अनुभवको हैसियतमा भन्न चाहन्छु–देशको राजनीतिले लय र गति समालेकोले विकास, समृद्धि र नागरिकलाइ सुखी बनाउनु पर्छ’ ।









































