जयपुर, 1 जनवरी 2021
भारतको राजस्थान राज्यको जयपुरमा पनि नेपाली राष्ट्रिय टोपी दिवस मनाईएको छ । श्री पशुपतिनाथ कल्याण सेवा समितिको प्रदेश समिति एवं जयपुर जिल्ला समितिले एक कार्यक्रम गरि अंग्रेजी नव वर्ष 2021 लाई स्वागत गर्दै नेपाली राष्ट्रिय टोपी दिवस मनाएको हो ।
समारोहका अवसरमा समितिका पदाधिकारीले भारतीय राष्ट्रिय जनवादी सेनाका संस्थापक एंव समाजसेवी करण सिंह खाचरियावासलाई नेपाली टोपी र खादा लगाइदिएका थिए ।
समारोहमा जयपुरमा निर्माण हुने श्री पशुपतिनाथ मन्दिरको निर्माणकार्य यसै नयाँ वर्षमा शुरु गर्ने भन्दै निर्माण पोस्टर पनि विमोचन गरिएको छ ।
जानकारीका अनुसार जयपुरको आगरा रोडस्थित नारायण विहार बैनाडा मोडमा 7 हजार 2 सय वर्गफिट क्षेत्रफलमा मन्दिर निर्माण हुनेछ । मन्दिर जयपुर जिल्ला कमेटीको जिम्मेवारीमा बनाउने निर्णय भएको छ । कार्यक्रममा प्रदेश,अध्यक्ष विपिन सिंह ठकुरी, संस्थापक नवीन बहादुर अच्छामी, संरक्षक,(योगाचार्य) ढाकाराम सापकोटा, उपाध्यक्ष, सेतु थापा, महामन्त्री, हरि भुसाल, कोषाध्यक्ष सन्तोष गुरूंग, संगठनमंत्री विक्रम सिंह बस्नेत, बरिस्ठ सल्लाहकार पुखल बहादुर कार्की, मिडिया सल्लाहकार विष्णु थापा, उपसंगठनमन्त्री किशन सिंह, जयपुर जिल्ला कमेटी जिल्ला अध्यक्ष धन बहादुर घले, महामन्त्री कमल सिंह खड्का, सल्लाहकार (आाचार्य) बालमुकन्द शर्मा, सहसलहाकार विपिन प्रसाद शर्मा, प्रचार मंत्री रामकृष्ण भुजेल, पदम बहादुर खड्का, लक्ष्मण थापा, धन बहादुर बि,क, देव बहादुर, खेम नारायण काफले लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।