Homeसमाचारराजेन्द्रकुमार शर्मा समूहद्वारा एनआरएनएका सबै बैंक खाता रोक्का गर्न निवेदन

राजेन्द्रकुमार शर्मा समूहद्वारा एनआरएनएका सबै बैंक खाता रोक्का गर्न निवेदन

राजेन्द्रकुमार शर्मा समूहद्वारा एनआरएनएका सबै बैंक खाता रोक्का गर्न निवेदन

 

काठमाडौं, 30 अक्टोबर 2023

गैरआवासीय नेपाल संघका सबै बैंक खाता रोक्का गर्न निवेदन परेको छ।११ औं महाधिवेशनमा धाँधली भएको भन्दै समानान्तर समिति गठन गरेको राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको समूहले बैंक खाता रोक्का गर्न निवेदन दिएको हो।

अनलाइनबाट भएको मतदानमा निर्वाचन समितिले डा. बद्री केसीको समूह विजयी भएको घोषणा गरेको थियो।

तर, अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरिरहेका छन्।उनीहरूले समानान्तर नयाँ कार्यसमिति घोषणासमेत गरेका छन्। शर्माको समूहमा बुद्धिसागर सुवेदी महासचिव छन्।

सुवेदीले केसीको समूहले धाँधली गरी जितेको बताउँदै खाता रोक्का गर्न गैरआवासीय संघको सचिवालय र बैंकहरुमा निवेदन दिएको बताए।

‘राजेन्द्रकुमार शर्माको नेतृत्वलाई आधिकारिकता दिने प्रक्रियामा रहेका छौं,’ सुवेदीले नेपालखबरसँग भने, ‘विवादको अवस्थामा संस्थाको रकम हिनामिना हुन सक्ने भएकाले अहिले रोक्का गर्न निवेदन दिएका छौं।’ सुवेदीका अनुसार सानिमा बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंकमा बढी रकम रहेको छ। शर्मा समूहले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई भेटेर खाता रोक्का गर्न निवेदन दिएको हो।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...