HomeFeatureराज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने

राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने

काठमाण्डौं, 2 अगस्त, 2021

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गर्नु भएको छ। राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गर्नु भएको हो । उहाँले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापारव्यवसायमा संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत् सार्वजनिक गर्न चाहन्छु । हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनीरुपमा नै त्याग गरिसकेको छु ।राज्यमन्त्री श्रेष्ठले भन्नु भयो, “सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवासुविधा मध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास, तलवभत्तालगायतका कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु ।

राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत्र मसान्तसम्म कोभिड खोप लगाईसक्ने योजना पनि सार्वजनिक गर्नु भयो । नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै उहाँले चैत्र मसान्त भित्र सबै नेपालीलाई खोप लगाई सक्ने बताउनु भएको हो । कार्य योजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अभिलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । उहाँले दोस्रो डोज खोपको पर्खाईमा रहेका ज्येष्ठ नागरिकलाई अभिलम्ब खोपको व्यवस्था गर्ने पनि बताउनु भयो । त्यसका लागि आफूले खोपको व्यवस्थापन हुने गरी खोप कूटनीतिलाई उच्च प्राथमिकता दिएको पनि राज्यमन्त्री श्रेष्ठले स्पष्ट पार्नु भयो ।कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अभिलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ । राज्यमन्त्री श्रेष्ठले कोभिड १९ को तेस्रो लहर आउन नदिन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि सबै नेपालीलाई आह्वान गर्नु भएको छ । उहाँले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि स्थानीय सरकारसँग समन्वय गरी आगामी श्रावण २३ गते देखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरी आम नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने जानकारी पनि दिनु भयो ।

निकट भविष्यमा आउन सक्ने कोभिड १९ को तेस्रो लहर सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिनेछ । कोभिड १९ को तेस्रो लहर फैल्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरुलाई हार्दिक अपिल गर्दछु ।राज्यमन्त्री श्रेष्ठले भन्नु भयो, “सबै नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन आगामी श्रावण २३ गतेदेखि २९ गतेसम्म नेपाल मास्क सप्ताहआयोजना गरिनेछ ।

उहाँले कोभिड १९ नियन्त्रण र रोकथामका लागि गरिएको कामलाई चुस्त र प्रभावकारी बनाउन विज्ञहरुको समूह गठन गर्ने योजना पनि अघि सार्नु भएको छ । राज्यमन्त्री श्रेष्ठले अघि सार्नु भएको २३ बूँदे कार्य योजनामा कोभिड संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल र उपकरणहरुको तत्काल व्यवस्था गर्ने पनि समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...