HomeFeatureराज्य व्यवस्था समितिको बैठक स्थगित, संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयक अन्यौल

राज्य व्यवस्था समितिको बैठक स्थगित, संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयक अन्यौल

काठमाण्डौँ, 18 मार्च 2020

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ। लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्रीको अनुपस्थिति भएपछि बैठक स्थगित भएको हो। सांसद त्रिपाठी विरामी भएका कारण बैठकमा सहभागि हुन नसकेको जानकारी बैठकमा गराइएको थियो।

विधेयक समितिबाट संभवतः आज पारित गर्ने तयारी थियो। बैठकमा समिति सदस्यहरुको समेत बाक्लो उपस्थिति थियो। यसअघि चैत 2 गते बसेको बैठकमा सांसदहरुबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय माग गर्नुभएको थियो।

उक्त बैठकमा मन्त्रीले पटक पटक समय माग गरेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए। प्रदेशको मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...