काठमाडौं, 18 अक्टूबर 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको बताएका छन् । ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने
‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो-यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं ।राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरु छन्,’ देउवाले भने, ‘त्यही काम बिहान ६-७ गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाह ?’
संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने बताए ।
प्रधानमन्त्री देउवाले भने ‘तर उहाँले चुनाव हुने समय भन्दा २ वर्षअघि नै (संसद) भंग गरिदिनुभयो’ ।









































