काठमाडौं, 9 जुलाई 2022
राप्ती नदीमा पानीको सतह खतराको सतहभन्दा माथि आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । खतराको सतहमा पानी पुगे राप्ती नदीआसपासका बैजापुर, बिनौना, फत्तेपुर, डुडुवाको होलिया, बेतहनी, बनकट्टी, कम्दीलगायतका क्षेत्र डुबानमा पर्ने गरेका छन् ।
राप्ती नदीमा पानीको सहत खतराको सतहभन्दा पुगेकाले राप्ती नदीआसपासका सर्वसाधारणलाई सहज रहन र अत्यावश्यक वस्तु सुरक्षित ठाउँमा राख्न आग्रह गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । उनले सतर्कताका लागि नदी तटीय क्षेत्रमा फोन र साइरनमार्फत जानकारी गराइएको बताए । उनले भने ‘बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ ।









































