दिल्ली, 29 मार्च 2022
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवास संगठनले तीव्र गतिमा विस्तार गर्दै गइरहेको छ। राज्य समिति पश्चात विभिन्न नगर र वार्ड कमिटि गठनमा तल्लिनताले जुटेको छ। नेशनल लाईभ टिभीलाई मुम्बईबाट प्राप्त जानकारी अनुसार 27 मार्चका दिन मुम्बईको कांदिवली क्षेत्रमा राप्रपाको स्थानीय संगठन गठन गरिएको हो। राज्यका कोषाध्यक्ष एकन्द्र शाहको अध्यक्षतामा र राज्यका उपाध्यक्ष रमेश थापाको प्रमुख आतिथ्यमा अतिथिहरु एच.पी जोशी, चन्द्र शाही, पदम बम, इन्द्र खत्री, दीपा थापा लगायतको सहभागिता रहेको थियो। पदम शाहको अध्यक्षतामा 15 सदस्यीय नगर समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष राम शाह, सचिव रमेश शाह, सहसचिव शिखर सिंह, कोषाध्यक्ष बजिर सिंह बोहरा, सहकोषाध्यक्ष शेर शाही, वरिष्ठ सल्लाहकार डम्बर शाह र सदस्यहरुमा सुरेन्द्र शाह, कर्ण शाह, चेतमान बोहरा, जीत शाह, प्रेम शाह, जयेश शाह, चन्द्रजीत चौधरी लगायत रहेका छन। नव निर्वाचित समितिलाई प्रमुख अतिथिहरुले फूल माला र अबीर लगाएर स्वागत गरेका थिए।









































