HomeFeatureराप्रपा प्रवास संगठन द्वारा हरियाणा राज्य तदर्थ समिति गठन

राप्रपा प्रवास संगठन द्वारा हरियाणा राज्य तदर्थ समिति गठन

दिल्ली, 11 अप्रैल 2022

राप्रपाको भातृ संगठन राप्रपा प्रवास संगठनको विस्तारको क्रम निरन्तर जारी छ। एक पछि अर्को राज्य समिति गठन भइ रहेका छन। यसै क्रममा 10 अप्रैल आइतबारका दिन दिल्लीमा बसेको हरियाणा राज्यका राष्ट्रवादी साथीहरुको भेलाले लामो छलफल पश्चात 26 सदस्यीय हरियाणा राज्य तदर्थ समिति गठन गरेका छन। केन्द्रीय समन्वय समतिका प्रमुख लोकेन्द्र कुमार शाह प्रमुख अतिथिको रूपमा रहनु भएको कार्यक्रमको संचालन झंकर बिष्टले गरेका थिए। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार हरियाणा राज्य तदर्थ समिति झंकर बिष्टको अध्यक्षतामा गठन भएको छ। जसमा उपाध्यक्ष परमानन्द जोशी, सचिव प्रकाश बहादुर मल्ल, सहसचिव गंगाराम पाण्डे, कोषाध्यक्ष निराजन भट्टराई, सहकोषाध्यक्ष तीर्थराज भट्ट, वरिष्ठ सल्लाहकार के.बी थापा, सल्लाहकार अर्जुन भट्ट, प्रेम उचाई रहेका छन भने सदस्यहरुमा जय बहादुर चन्द, अमर सिहं महरा, कलम शाह, गणेश सिंह धामी, अर्जुन भट्ट, नरेश सिंह कडायत, गंगाराम पाण्डे, नविन बिष्ट, कमल बिष्ट, सन्तोष घर्तीमगर, प्रेम उचाई, गंगा भारती, रमेश परियार, पदम रोकाया, नृप बिष्ट, भोजबहादुर बिष्ट, प्रमोद भट्ट लगायत रहेका छन। राज्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई केन्द्रीय समन्वय समितिका प्रमुख लोकेन्द्र कुमार शाहले पार्टीमा स्वागत गर्दै पार्टीको नीति र विधान अनुसार शपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...