Homeसमाचारराप्रपा प्रवास संगठन भारतद्वारा केन्द्रीय समिति घोषणा

राप्रपा प्रवास संगठन भारतद्वारा केन्द्रीय समिति घोषणा

दिल्ली, 8 सितंबर 2022

राप्रपा प्रवास संगठन भारतले आफ्नो केन्द्रीय समिति घोषणा गरेको छ। 6 महीना पहिला भारत प्रवासमा संगठन स्थापित गर्न शुरु गरे यता संगठनले अहिले सम्म 9 राज्य समिति 5 जिल्ला समिति र 22 बढी एरिया समिति गठन गरि सकेको छ भने 3 अन्य राज्यहरुमा संगठन स्थापनाको तयारी गरेको छ। राप्रपा का प्रवास विभाग केन्द्रीय अध्यक्ष आनन्द अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त घोषणा सभामा इन्टरनेशनल कॉ आर्डिनेशन कमिटि आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठ, प्रवास विभाग केन्द्रीय सचिव सन्तोषी शाही, प्रवास विभाग केन्द्रीय सदस्य सिद्धार्थ कन्दवाङ सुब्बा लगायत अतिथिका रूपमा सहभागी भएका थिए। लोकेन्द्र कुमार शाहको अध्यक्षतामा 37 सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ भने 14 पद रिक्त राखिएको छ। पूर्ण केन्द्रीय समिति 51 सदस्यीय रहने छ। घोषणा कार्यक्रममा बोल्दै प्रवास विभाग केन्द्रीय अध्यक्ष आनन्द अधिकारीले यो ऐतिहासिक अवसरमा सहभागी हुन पाउंदा आफुलाई गौरान्वित भएको महसूस गरेको बताउंदै यो संगठनले नेपालको राजनीतिमा राष्ट्रीय प्रजातन्त्र पार्टीलाई ठुलो सघाउ पुगाउने विश्वास व्यक्त गरेका थिए। त्यस्तै आईसीसी अध्यक्ष प्रेम कुमार श्रेष्ठले पनि आफु लाई गौरान्वित भएको ठानेको बताए, उनले आईसीसीले भारत प्रवास संगठनलाई जे जस्तो सहयोग गर्न सक्छ गर्ने छ भन्दै घोषणा सभामा घोषित भएका पदाधिकारी हरुलाई शुभकामना दिदैं सफल कार्यकालको कामना गरेका थिए। त्यस्तै प्रवास विभाग केन्द्रीय सचिव सन्तोषी शाहीले आफ्नो पूर्ण समर्थन रहने विश्वास दिलाएकी थिइन। यस्तै प्रवास विभाग केन्द्रीय सदस्य, सिद्धार्थ कन्दवाङ सुब्बाले, साउदी अरब लगायतका मुलुकबाट पनि भारत प्रवासलाई चाहिने सहयोग आफुहरुले गर्ने वचन बद्धता व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता गरेका राप्रपा भारत प्रवास केन्द्रीय अध्यक्ष लोकेन्द्र कुमार शाहले घोषणा गरेको समितिमा उपाध्यक्षमा राम बहादुर शाही, काशिदत्त उपाध्याय, के.बी थापा, महामन्त्रीमा नेत्र बहादुर शाही, सह महामन्त्रीहरु मोतिलाल न्यौपाने, देवेन्द्र कुँवर, शंकर के.सी, कर्ण मल्ल, सचिव भद्र बहादुर शाही, कोषाध्यक्ष भिमा सेन ठकुरी, प्रवक्ता मदन बम, जय बहादुर चन्द, वरिष्ठ सल्लाहकार गजेन्द्र शाह, सल्लाहकार ध्रुव कुमार शाह, नरेश सिंह कार्की र सदस्यहरुमा राजेन्द्र शाही, चुम्बकराज रेग्मी, दिपेन्द्र शाही, झंकर बहादुर बिष्ट, चक्र बहादुर शाह, राम बहादुर बोहरा, राजेश शाह, पदम पाण्डे, बिनोद शाह, हरि प्रसाद जोशी, वसन्त रोकाया, गोपाल थापा, चन्द्रकला जैशी, प्रमानन्द जोशी, तेज राज दाहाल, ज्ञानेन्द्र शाही, गोपीराम जोशी, नवीन भट्ट, तुलसी ढकाल, बम बहादुर चन्द, कर्णराज बाहुन लगायत रहेका छन। नव गठित समितिले आउंदो साता आफ्नो कार्यकारिणीको पहिलो बैठक पनि बोलाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...