2 दिसम्बर 2021
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा अभिनेत्री रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । बुधबारदेखि काठमाडौंमा शुरू भएको एकता महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिन लागेकी हुन् ।थापाले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताइएको छ ।









































