काठमाडौं, 25 फरवरी 2023
आठ दलीय गठवन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । सभामुख, उपप्रधानमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका रामचन्द्र पौडेल गत मंसिर ४ को निर्वाचनमा तनहुँ–१ बाट साँसदमा निर्वाचित भएका हुन। पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।









































