नयाँ दिल्ली, 15 जनवरी 2020
उपचारका नाममा भारतको राजधानी नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सँग भेट गरेका छन् ।
सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध ४० जिल्ला सभापतिसँग छलफल गरी, देउवाइतरको समूहको नेतृत्व गरेका पौडेल अचानक दिल्ली पुगेका थिए ।
कतिपयले पौडेलको दिल्लीयात्रालाई राजनीतिमा नयाँ कुटनीतिक छलफलको कोणबाट विश्लेषण गरेका थिए ।
पौडेलले भेटमा नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएकोे उल्लेख गरेका छन् । सिंह सत्तारुढ भारतीय जनता पार्टीका पूर्वाध्यक्ष हुन् ।









































