HomeFeatureराष्ट्रको हकहितमा आउनुहोस हातेमालो गरौं

राष्ट्रको हकहितमा आउनुहोस हातेमालो गरौं

प्रवासलाई कार्यक्षेत्र बनाएर संधर्ष गरी रहेका सम्पूर्ण देशवासीहरुमा नेशलन लाईव टीवीको प्रकाशन मण्डलको तर्फबाट हार्दिक अभिवादन ।
यहाँहरुको उन्नती र प्रगतीमा आई रहने समस्याहरुमा यहाँहरुको आवाज बन्ने उदेश्यले प्रवासको क्षेत्रमा हामीले निकै संधर्ष पश्चात यो नेपाल मिडिया पब्लिकेशन्सको स्थापना गरेर प्रवासी नेपालीहरुका समस्या र तीनका समाधानको लागि सम्बन्धित निकायलाई झकझकाउने र तिनको समाधानको लागि दबाव सिर्जना गर्ने गरेका छौं । कतिपय कुरामा समस्या समाधानमा हामी सफल पनि भएका छौं, र निरन्तर प्रवासी नेपालीहरुको आवाज बन्ने प्रयास गरि रहेका छौं । सिमित स्रोत साधनमा संञ्चालित यो मीडिया हाउस आज निरन्तर प्रगति गरि रहेको छ । र यो परिवार निरन्तर विस्तारित हुँदै गएको छ ।
संञ्चालन हामीले गरे पनि यो सम्पूर्ण नेपालीको हक हितमा संञ्चालित मीडिया हो । तपाई हाम्रो साझा आवाज हो । यस्को सम्बर्धन र प्रवर्धन तपाई हाम्रो नैतिक दायित्व हो । यसको जर्गेना गर्नमा हामीलाई तपाईहरुको सहयोग र साथको अपेक्षा छ । हामी विस्तारित हुँदै गए पनि भौगोलिक दृष्टिले निकै विशाल रहेको सम्पूर्ण भारतीय भूमिमा उपस्थिति जनाउन अझै केहि समय लाग्न सक्छ, तेति बेला सम्मको लागि तपाई हाम्रो आँखा, कान बन्न सक्नु हुने छ । तपाईको आसपासमा घटिरहेका घटना–दुर्धटना वा विभिन्न आयोजनहरुको बारेमा हामीलाई nationallivetv@gmail.com मा जानकारी गराउन सक्नु हुने छ । हामी तपाईले पठाएको समाचार र जानकारीलाई तपाईकै नाममा प्रकाशित गर्ने छौं । तपाई हामीलाई लिखित वा भिडियो बनाएर पठाउन सक्नु हुने छ । यो तपाई हाम्रो साझा प्रयास हाम्रो समाजको उन्नति, प्रगति र जनजागृतिको लागि निकै आवश्यक छ । हामीले राष्ट्रको हितमा साझा प्रयास गर्नु जरुरी छ । तपाई हाम्रो कार्यगत एकताले हामी नेपाली समाजलाई एउटा निश्चित र प्रगतिको बाटोमा डो¥याउन सफल हुनेमा दुई मत छैन् । यो अनलाईन टिभिलाई सबस्क्राईब, लाईक र कमेन्ट गर्न न बिर्सनु होला । केही सल्लाह सुझाव भए पनि बिना संकोच हामीलाई पठाउनुहोला भन्ने आशा गर्दर्छौं । आउनुहोस, राष्ट्र र राष्ट्रिय हितमा सुरु गरिएको यो नेशनल लाईव टिभिको पावन कार्यमा सहयोगी भई राष्ट्रप्रतिको कर्तव्य निर्वाह गरौं । ईतिहासको यो कालखण्डमा सबैलाई चेतना भया् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...