काठमाडौं, 9 मार्च 2023
राष्ट्रपति चयनका लागि जारी मतदानमा उम्मेदवारद्वय सुवासचन्द्र नेम्वाङ र रामचन्द्र पौडेलले मतदान गरेका छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । त्यसपछि मात्र नेम्वाङले मतदान गरे ।
आठ दलको समर्थन पाएका पौडेल प्रशन्न मुद्रामा छन् । उनी मतदान सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि नै संसद भवन परिसरमा पुगेका थिए । उनीहरुले बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर मतदान गरेका हुन् । नेम्वाङ नेकपा एमालेबाट उम्मेदवार रहेका छन् भने पौडेल नेपाली कांग्रेसबाट उम्मेदवार छन् । कडा सुरक्षाका बीच राष्ट्रपति पदको निर्वाचन जारी छ ।









































