काठमाडौं, 22 दिसम्बर 2022
कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको भूमिकाबारे संसद्मा छलफल हुनुपर्ने बताएका छन् । बिहीबार सांसद पदको शपथ ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । संसद्ले पास गरिसकेको विधेयक राष्ट्रपतिले आफ्नो मनका आधारमा ठीक वा बेठीक भन्नुले सांसदको अधिकार नै खोसिने उनले बताए ।
‘नागरिकता विधेयकबारे संसद्को प्रारम्भमै छलफल हुनुपर्छ । संसद्ले पास गरिसकेको विधेयकलाई राष्ट्रपतिले मनको आधारमा ठीक वा बेठीक भनेमा संविधानले पार्लियामेन्टलाई दिएको अधिकार नै रहन्न,’ उनले भने, ‘राष्ट्रपतिलाई दिएको भूमिकाबारे संसद्मा छलफल हुनुपर्छ ।’









































