काठमाडौं, 19 जनवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिबारे सामझदारीको कोसिस भइरहेको बताएका छन् । बिहीबार संसदको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँमा उभिएको बताए । उनले भने, ‘प्रमुख प्रतिपक्षले पनि (उम्मेदवार) उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।’ राष्ट्रपतिमा चाहिँ के हुन्छ कि भन्ने प्रश्नमा उनले भने, राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौं ।’









































