HomeFeatureराष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको प्रचण्डको आरोप

राष्ट्रपतिले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको प्रचण्डको आरोप

काठमाडौं, 9 सितंबर 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको आरोप लगाएका छन्। शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने क्रममा नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउने अभिलाषा राखेको बुझेको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको आरोप लगाएका छन्। शुक्रवार पोखरा पुगेका उनले राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुबाहेकको विकल्प नरहेको बताएका हुन्।

नेकपाको सरकारहुँदा केपी शर्मा ओलीले ल्याएको प्रस्तावसहितको विधेयक ल्याएको भन्दै उनले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था सिर्जना हुने चेतावनी दिए।

‘ओलीले प्रस्ताव लाँदा त्यही प्रस्ताव प्रमाणित गर्नुभएको थियो राष्ट्रपतिले। आउनासाथ सोच्दै नसोचीकन भनेको जस्तो गरि प्रमाणीकरण गर्नुभएको थियो,’ उनले भने, ‘केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भए एउटा कुरा अदालतमा जान्छ। अदालतको फैसला पछि अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिने हो। मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदी तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ। यी दुई वटा हुनसक्छ।’

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनमा सहमतिअनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुनेसमेत बताए ।

‘गठबन्धन सहमति अनुसार नै हुन्छ। हामी सहमतिको नजिक पुगिसकेका छौँ। अरु नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजो नै हामीले टुंग्याउने स्थिति बनिसकेको थियो। कतिपय बेला मेरो, माधव नेपालजीको र प्रधानमन्त्रीको ज्यूको कार्यक्रम परेकोले पनि हिजो त्यति केन्द्रित भएर लग्न पाएनौँ। ३ बजेदेखि हामी टुंग्याउने हिसावले छलफल गर्नेछौँ। जटिल समस्या पैदा भएको छैन,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...